२८ आश्विन २०८१, सोमबार

अन्तराष्ट्रिय बालिका दिवस बाँकेमा मनाइयो
  • न्युज मानसराेवर

बाँके\११ औँअन्तराष्ट्रिय बालिका दिवस  बाँकेमा विभिन्न कार्यक्रम गरि   मनाइएको छ ।

बालिकाहरुको संरक्षण र उनीहरुको अधिकारमा पहुाच पुर्‍याउने उद्धेश्यका साथ राष्ट्रसंघको आव्हानमा गएको वर्षदेखि बालिका दिवस नेपालमा  मनाउन थालिएको हो ।

दिवसको यस वर्षको नारा बालिका शिक्षामा नवीनता भन्ने तय गरेको छ । विगत २ दशकमा बालिका शिक्षामा उल्लेख्य सुधार आएपनि सीमान्तकृत समुदायका बालिकाहरु अझै शिक्षा जस्तो आधारभूत अधिकारबाट बन्चित रहनुपरेको राष्ट्रसंघको भनाइ छ ।

देशमा विभिन्न भागहरुमा हाल बालिका दिवस पर्वका रुपमा मनाउने चलन शुरुवात भएको पाईन्छ। त्यसै क्रममा बाँकेको बैजनाथ गाउँपालिका कोहलपुर नगरपालिका (पढ्नका लागी कोठा) रुम टु रिड कार्यक्रम अन्तरगर्त मनाइएको छ ।

बैजनाथ गाउँपालिका वडा न२ स्थित जनता आर्दश मावि बाल विवाह सम्बन्धी सडक नाटक वक्तित्वकला तथा र्याली समेत निकालिएको थियो । कार्यक्रममा विद्यालयका प्र.अ शिक्षक शिक्षिका लगाएतको सहभागिता रहेको थियो ।

त्यसै गरी  सुर्योदय मावि  बैजनाथ १  ,बैजनाथ ४ स्थित विपी माध्यमिक विद्यालयमा वक्तित्वकला बैजथनाथ ८ स्थित भगवति माविमा बेलुन फोड र कुर्सी दौड प्रतियोगिताको आयोजना गरिएको (पढ्नका लागी कोठा) रुम टु रिड कार्यक्रम  सहजकर्ता शोभा भण्डारीले जानकारी गराईन।  भण्डारीले दिएको जानकारी अनुसार कोहपुर नगरपालिका वडा न २ स्थित लक्ष्मी मावि मा  सडक नाटक गरिएको बताइएको छ ।

  • २ कार्तिक २०७९, बुधबार प्रकाशित

  • Nabintech