२३ भाद्र २०८३, मंगलवार

अबको १३ वर्षपछि ईयू सम्बद्ध मुलुकमा पेट्रोल र डिजेल कार प्रतिबन्ध
  • न्युज मानसराेवर

बाँके\अगामी १३ वर्षपछि अर्थात् सन् २०३५ देखि युरोपेली महासंघ (ईयू) आबद्ध मलुकमा डिजेल र पेट्रोलबाट चल्ने कारलाई प्रतिबन्ध लगाइने भएको छ। यस्ता गाडीलाई  प्रतिबन्ध लगाउने प्रस्ताव शुक्रबार ईयूबाट पारित भएको हो।

जलवायु परिवर्तनको असरलाई ध्यानमा राखेर ईयूले त्यस्ता कारलाई प्रतिबन्ध लगाउँदै विद्युतीय सवारीलाई वृद्धि गर्ने निर्णय लिएको हो। यसमा ईयू सम्बद्ध मुलुक एक मत भएका छन्।

ईयूमा त्यसका लागि चाहिने नयाँ कानुनको मस्यौदा तयारका लागि युरोपेली आयोग, कानुन पारित गर्ने युरोपियन संसद् र कार निर्माता कम्पनीसमेत सहमति भएपछि सन् २०३५ देखि डिजल तथा पेट्रोल कार प्रतिबन्ध गर्न ईयू सम्बद्ध मुलुकलाई सहज भएको रोयर्टसले जनाएको छ।

डिजेल पेट्रोलबाट चल्ने गाडी प्रतिबन्ध हुनेबित्तिकै युरोप शून्य कार्बन उत्सर्जनमा केन्द्रित रहेको पनि ईयूका जलवायु नीति प्रमुख फ्रान्स टिम्मरम्यानलाई उल्लेख गर्दै रोयर्टसले लेखेको छ, ‘नयाँ उत्पादन हुने कारले सन् २०३० सम्ममा अघिल्लो वर्षको तुलनामा ५५ प्रतिशत कार्बनडाइअक्साइडको मात्र कटौती गर्नुपर्न हुन्छ।

हुन त युरोपले बढी कार्वन उत्सर्जन गर्ने गाडीको इन्जिनलाई पहिले देखि नै ईयूले प्रतिवन्ध लगाएको थियो। युरोपेली कार उद्योग संघले नै कार्बन उत्सर्जन बढी गर्ने इन्जिनलाई भने तत्काल प्रतिस्थापन गर्नेसमेत भनेको छ। यसबाट युरोपलाई थप स्वच्छ बनाउने अधिकारीहरूको धारणा छ। युराेपेली मुलुक विद्युतीय गाडीमा केन्द्रित भएपछि विश्व पनि बिस्तारै त्यसतर्फ जानेछ।

  • ११ कार्तिक २०७९, शुक्रबार प्रकाशित

  • Nabintech