१६ चैत्र २०८०, शुक्रबार

पर्यटन बढाउन व्यवसायीको ‘टुर प्याकेज’
  • रासस

बाँके\पर्यटन प्रवर्द्धनका लागि कर्णाली प्रदेशका पर्यटन व्यवसायीले ‘टुर प्याकेज’ ल्याउने भएका छन् ।

नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले दिगो पर्यटनका लागि जीविकोपार्जन पुनरुत्थान परियोजनासँगको सहकार्यमा चारदिने ‘टुर प्रडक्ट डेभलपमेन्ट एन्ड टिकेटिङ’ तालीम आयोजना गरेर ‘टुर प्याकेज’ घोषणा गरेको हो ।

नाट्टाका केन्द्रीय सचिव युविका भण्डारीले पर्यटनको क्षेत्रमा दक्ष जनशक्ति तयार गर्न तालीम फलदायी हुने बताइन् । कोभिड १९ पछि पर्यटनको क्षेत्रमा दक्ष जनशक्ति पलायन हुँदा अभाव सृजना भएको बताइन् ।

त्यही अभाव पूर्तिका लागि नेपाल पर्यटन बोर्डको योजनामा मुलुकका विभिन्न ठाउँमा यस्ता तालीम चलाउन थालिएको जानकारी उनले दिइन् । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले पर्यटन नै मुलुकको अर्थतन्त्रका लागि बलियो र स्थायी आधार बन्न सक्ने बताए ।

  • १८ कार्तिक २०७९, शुक्रबार प्रकाशित

  • Nabintech