७ बैशाख २०८१, शुक्रबार

प्रेस काउन्सिलले भन्यो : सामाजिक सञ्जालबाट दुष्प्रचार नगर
  • न्युज मानसराेवर

बाँके\प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमको नाम दुरुपयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा सामाजकि सञ्जालमा अफवाहपूर्ण, दुष्प्रचार गरेको भन्दै आपत्ति जनाएको छ ।

आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मौन अवधिमा विभिन्न सञ्चार माध्यमको मास्टहेड प्रयोग गरी बनाइएका विभिन्न दल तथा उम्मेदवारका समाचार शनिबार सामाजिक सञ्जालबाट सम्प्रेषण भएका थिए ।

काउन्सिलले निर्वाचनमा प्रभाव पार्ने किसिमले अफवाहपूर्ण, दुष्प्रचारयुक्त, फेक न्युजबाट सजग रहन आग्रह गरेको छ । निर्वाचनको संवेदनशील घडीमा प्रभाव पार्ने उद्देश्यले कुनै माध्यमबाट दुष्प्रचारयुक्त, मिथ्या सूचना, भ्रामक टिकाटिप्पणी नगर्न तथा सामाजिक सञ्जालबाट समेत पोष्ट, सेयर, कमेन्ट नगर्न काउन्सिलले आग्रह गरेको छ ।

  • ३ मंसिर २०७९, शनिबार प्रकाशित

  • Nabintech