७ बैशाख २०८१, शुक्रबार

बाँके १ मा उदाएका सुर्य ढकाल काे हुन् ?
  • न्युज मानसराेवर

बाँके/ बाँके निर्वाचन क्षेत्र नं.१ मा सुर्य ढकालले प्रतिनिधि सभाकाे ५ वर्षे कार्यकाल शुरूवात गरेका छन ।

ढकालले गठबन्धन उम्मेदवार महेश्वर जंग गजतराज अथकलाई भारि मतले पराजित गरि प्रतिनिधि सभाकाे यात्रा तय गरेका छन ।

ढकालले गठबन्धनका महेश्वर जंग गहतराज अथकलाई ५ हजार ३ सय ९४ मतले पछि पार्दै बिजयी भएका हुन ।

ढकालले २५ हजार २६ मत ल्याएका थिए भने उनका प्रतिद्धन्द्धी अथकले १९ हजार ६ सय ३२ मत ल्याएका थिए ।

निर्वाचित भएपछि ढकालले बाँके क्षेत्र न. १ का सम्पुर्ण मतदातालाई धन्यवाद ज्ञापन गर्दै विकास र समृद्धिमा सदैव लाग्ने प्रतिवद्धता जनाएका छन् ।

क्रमश नागरिक उन्मुक्ति पार्टीका उम्मेदवा सुरेश थारुले ११ हजार ४ सय ६५, राष्ट्यि स्वतन्त्र पार्टीका उम्मेदवार आनन्द बाबु काफ्लेले १० हजार ७१, जनता समाजबादी पार्टीका उम्मेदवार रामकुमार यादवले २ हजार ६ सय ९३, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार नविन कुमार शाही २ सय ५७ प्राप्त गरेका थिए ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राम चरण चौधरीले ३ सय ८८ ,नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ७८,नेपालका लागी नेपाली पार्टी १ सय ४२, नेपाली काँग्रेस वि.पी १ सय ३४, स्वतन्त्र उम्मेदवार प्रदिप कुमार शाह ९ सय २५ मत प्राप्त गरेका छन् । बाँके क्षेत्र न. १ मा जम्मा ८१ हजार २ सय ४ मत खसेको थियो ।

कोहलपुर–१२, चप्परगौडी स्थायी बसोबास भएका ढकालले जिल्ला, प्रदेशमा मात्रै होइन केन्द्रमा पनि राम्रो छाप छोड्न सफल भएका छन् ।

उनलाई जनताले सहयोगी, मिजासिलो र नागरिकका समस्या समाधानमा पहल गर्ने युवा नेताका रूपमा चिन्छन् ।

२०४५ सालबाट निरन्तर राजनीतिमा लागिरहेका ढकालले राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

आफ्नो राजनीतिक करिअरमा उनले जेलसम्मको यात्रा पनि व्यहोर्नुप¥यो । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आउँदा उनले निकै संघर्ष गर्नुप¥यो ।

कतिपय राजनीतिक मुद्दाका लागि त कतिपय अवस्थामा पार्टीभित्रै पनि संघर्ष गर्नुपरेको अनुभव उनीसँग छ ।

स्पष्टवक्ताका रूपमा चित्रित उनले आफूले नेतृत्व गरेका सबै कमिटीमा राम्रै काम गरेका छन् ।

उनको राजनीतिक करिअरकै कुरा गर्दा अनेस्ववियु प्रारम्भिक कमिटीको सदस्य, अध्यक्ष, जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष, अध्यक्ष ,अञ्चल अध्यक्ष, इन्चार्ज र केन्द्रीय सदस्य सम्मको यात्रा गरे ।

त्यससँगै राष्ट्रिय युवा संघको अञ्चल कमिटी सदस्य, अध्यक्ष, केन्द्रीय सदस्य, इन्चार्ज, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख, केन्द्रीय सचिव, उपाध्यक्ष र कार्यवाहक केन्द्रीय अध्यक्षसमेत बन्न सफल भए।

पार्टी कमिटीतर्फ उनी गाउँ कमिटी सचिव, जिल्ला सदस्य, क्षेत्रीय कमिटी संयोजक, इन्चार्ज, जिल्ला अध्यक्ष, प्रदेश कमिटी सचिवालय सदस्यसम्मको जिम्मेवारी पाए । अहिले उनी एमाले केन्द्रीय कमिटी सदस्यका साथै बाँके इन्चार्ज हुन् ।

मदन भण्डारी फाउन्डेसन जिल्ला अध्यक्ष, प्रदेश अध्यक्ष र केन्द्रीय कमिटी सदस्य भएर समेत काम गरेका छन् । उनी विभिन्न संघसंस्थामा पनि रहेर काम गरेका छन् ।

एकीकृत विकासका लागि सामाजिक अभियानको अध्यक्ष, मदन भण्डारी तथा पुष्पलाल केन्द्रीय पुस्तकालयको महासचिव, विभिन्न पत्रपत्रिकामा लेख, आधा दर्जन बढी पुस्तकहरू प्रकाशनसमेत गरेका छन् ।

उनको राजनीतिक इतिहास निकै लामो छ । राजनीतिबाहेक अन्य कुरालाई कहिल्यै प्राथमिकतामा राखेनन् ।

विद्यार्थी राजनीतिबाट सुरु भएको राजनीति युवा संघ र पछिल्लो पटक पार्टीमा पुगेको छ ।

खारिएको राजनीतिक अनुभव बोकेका उनी परिवेश र परिस्थिति बुझ्ने क्षमता रहेका नेता हुन् ।

उनी विकास निर्माण र नीति निर्माणका योजना बनाउन निकै क्रियाशील हुन्छन् । उनले बौद्धिकता र अध्ययनशीलताले पनि आफ्नो चुनावी क्षेत्रको समस्या र आवश्यकता राम्रोसँग बुझेका छन् ।

  • ८ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech