कोहलपुर\बाँके क्षेत्र नम्बर १ प्रदेश ख बाट निर्वाचित दुर्गा प्रसाद थारुले आफ्नो निर्वाचन क्षेत्रको विकासमा केन्द्रित भएका छन।एमाले बाट निर्वाचित थारुले कोहलपुरको विकासका लागि विभिन्न निकायहरु सँग समन्वय गर्न थालेका हुन।
आफू नबदलिने तर आफ्नो ठाउँलाई बदल्ने प्रतिबद्धता सहित निर्वाचनमा होमिएका चौधरी निर्वाचित भए पश्चात आफ्नो प्रतिबद्धता पूरा गर्न विभिन्न निकायमा पुगेर विद्यमान समस्या अनी त्यसको समाधानका लागि सम्बन्धित निकायहरुमा पुग्ने गरेका छन् ।
थारुले बाँकेको आन्तरिक पर्यटन विकासको निम्ति चिडियाखाना संचालन र थारु संस्कृति संरक्षण लगायत अन्य धर्म संस्कृति समृद्धि र प्रवद्धनको निम्ति कोहलपुरमा रहेको पर्यटन डिभिजनका प्रमुख दिनेश अधिकारीसँग भेटघाट गरिएको थारुको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भेटघाट सकारात्मक रहेको समेत उल्लेख गरिएको छ ।











