६ जेष्ठ २०८१, आईतवार

लुम्बिनी विकास कोषद्वारा बौद्ध सर्किटको अवलोकन
  • न्युज मानसराेवर

बुटवल\लुम्बिनी विकास कोषले कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटहरुको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराईसहितको टोलीले प्राचीन तिलौराकोट दरबार, सगरहवा र सिसहनियाको स्थलगत अवलोकन गरेको हो ।

उक्त अवसरमा विश्वसम्पदा सूूचीकृतको तयारीमा रहेको तिलौराकोटको व्यवस्थापन, सिसहनियाको संरक्षण एंव सगरहवालाई बौद्धकालीन पार्कका रुपमा विकास गर्न प्रस्तर राष्ट्रिय कार्यशालामा जुट्न पदाधिकारीहरुले निर्देशन दिएका छन् ।

कोषका उपाध्यक्ष भिक्षु मैत्तयले बौद्धकालीन सभ्यताका प्रशस्त अवशेषहरु कपिलवस्तुमा रहेकाले उत्खनन, संरक्षण र विकासका लागि कोषले क्रमशः काम गर्दै अघि बढ्ने बताएका छन। उनले तिलौराकोटलाई विश्व सम्पदा सूूचीमा सूचीकृत गर्ने तयारीका लागि आवश्यक सम्पूूर्ण प्रक्रिया पूूरा भएको समेत बताए ।ाअवलोकनका क्रममा कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जगदीशपुर ताल नजिकै रहेको शाक्यहरुको बध भएको स्थल सगरहवामा प्रस्तर राष्ट्रिय कार्यशाला गर्ने तयारीस्वरुप स्थलगत अवलोकन गरिएको जानकारी गराए ।

अनुुगमनमा योजना प्रमुख सरोज भट्टराई, कोषका बोर्ड सदस्य विश्वराज पौडेल, अर्का बोर्ड सदस्य रामनरेश कोहार, परिषद् सदस्य गोपीकृष्ण शर्मा, कोषका पुरातत्व विभागका प्रमुख हिमाल उप्रेतीलगायतको उपस्थिति थियो ।

  • १९ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech