६ जेष्ठ २०८१, आईतवार

दुई लाख ३० हजार भारतीय र २३ हजार विदेशी पर्यटकले गरे लुम्बिनी दर्शन प्र
  • न्युज मानसराेवर

बुटवल|कोराेना महामारीबाट थलिएको पर्यटन क्षेत्रमा कोरोनापछि अन्तर्राष्ट्रिय पर्यटक आउन थालेका छन् ।
यसबाट पर्यटन व्यवसायी उत्साहित छन् । गत  वर्ष ९६ मुलुकका पर्यटक र तीर्थयात्रीले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् ।

लुम्बिनी विकास कोषको तथ्याङ्कअनुसार सन् २०२२ मा ९६ वटा मुलुकका २३ हजार ९९२ विदेशी पर्यटक आएका छन् । कोरोना महामारीको चेपुवामा परेको सन् २०२१ को तुलनामा सन् २०२२ मा ९५ प्रतिशतभन्दा बढी विदेशी पर्यटक आएका हुन् । सन् २०२१ मा ६८ मुलुकका एक हजार १९७ विदेशी पर्यटक यहाँ आएका थिए । २०२२ मा दुई लाख ३० हजार ४१३ जना भारतीय पर्यटक आएका थिए ।

चिलीबाट २३ पर्यटक, चीनबाट ४३२ पर्यटक यहाँ आएका छन् । रुसको आक्रमणबाट तहसनहस भएको युक्रेनका पनि २० पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । सन् २०२१ मा भियतनामबाट १५ जना आएका थिए भने २०२२ मा सबैभन्दा बढी छ हजार ६७३ जना आएका छन् । २०२१ मा थाइल्याण्डबाट १० जना आएकोमा गत वर्ष चार हजार ३८० पर्यटक यहाँ आएका छन् ।

श्रीलङ्काबाट एक हजार ८८५ र म्यानमारबाट एक हजार ४९५ पर्यटक लुम्बिनी आएका छन् । जर्मनीबाट ९५०, फ्रान्सबाट ६६१, नेदरल्याण्ड्सबाट ४७९, स्पेनबाट ३७३, इटलीबाट २०५ र डेनमार्कबाट एक सय पर्यटक आएको लुम्बिनी विकास कोषले जानकारी दिएको छ । कोषका अनुसार क्यानाडाबाट १२८, बेल्जियम १३९, अष्ट्रेलियाबाट २४०, दक्षिण कोरियाबाट ६१७ र जापानबाट १९३ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।

गत जेठमा बुद्धजयन्ती समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आवागमनपछि भारतीय पर्यटक पनि बढेका छन् । अहिलेसम्मकै सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । अक्टुबर, नोभेम्बर र डिसेम्बर तीन महिनामा मात्रै एक लाख एक हजार ६२१ पर्यटक आए ।यसले कोभिडपछि थलिएको यहाँको पर्यटन प्रवर्धनलाई राम्रो ऊर्जा थपेको देखिन्छ।   २०२१ मा ४३ हजार ७३२ भारतीय यहाँ आएका थिए । २०२० मा ३७ हजार २९६ भारतीय आएका थिए ।

  • २१ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech