१३ बैशाख २०८१, बिहीबार

योग शिक्षा विद्यालयदेखि विश्वविद्यालयसम्म
  • न्युज मानसराेवर

दाङ\ योग विषय अध्ययनका लागि विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रममा समावेश गर्न थालिएको छ। पछिल्लो समयमा योगप्रति आकर्षण बढ्न थालेपछि विश्वविद्यालयले पाठ्यक्रममा समावेश गर्न लागिएको हो।

दर्शनका पाँचवटा शास्त्र अध्यापन गराउँदै आएको नेपाल संस्कृत विश्वविद्यालयले आचार्य (स्नातकोत्तर) तहमा योगलाई समेत पाठ्यक्रममा समावेश गरेको हो।

नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक माधव अधिकारीका अनुसार शैक्षिक सत्र २०८० देखि अध्यापन गराउने उद्देश्यले योगको पाठ्यक्रम तयार पार्न सुरु गरिएको छ।

कुलसचिव सहप्राध्यापक अधिकारीले संस्कृततर्फ आचार्य (स्नातकोत्तर) जीवनशैली तथा योगविज्ञान र प्राकृतिक चिकित्सा स्नातक तहमा समेत योगको विषय अध्यापन गराउनका लागि पाठ्यक्रम तयार पारिएको जानकारी गराए ।

संस्कृत विषय समावेश गरे पनि छुट्टै पाठ्यक्रमका रूपमा समावेश गरिएको थिएन। विद्यालय तहमा समेत योग विषय अध्ययनका लागि पाठ्यक्रम तयार पारिएको छ। तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीका अनुसार स्थानीय पाठ्यक्रममा योगलाई समावेश गरेर पाठ्यक्रम तयार पारी पाठ्यपुस्तक प्रकाशनको तयारी गरिएको समेत उल्लेख गरेका छन।

  • ५ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech