७ बैशाख २०८१, शुक्रबार

मानव अधिकारको अनुभूति राज्यले  दिलाउन सकेको छैनः महासचिव सुवेदी
  • न्युज मानसराेवर

कोहलपुर \ मानव अधिकारको अनुभूति अझै राज्यले आम नागरिकहरुलाई  दिलाउन नसकेको  मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालका केन्द्रिय महासचिव विदुर सुवेदीले बताएका छन।

सुवेदीले राज्यको सबै शक्ति संरचना अदालत , प्रहरी , प्रशासन सबै जिल्ला प्रदेश स्तरमा हुदाँ पनि नागरिकलाई न्यायको अनुभूति राज्यले दिलाउ नसक्दा राजधानी केन्द्रित दबाव र शक्ति केन्द्र धाउन आम नागरिक बाध्य रहेको बताएका छन।

नेपालको भौगोलिक वातावरण संरचनाहरु  फरिएको बताउदै उनले अब (मानव अधिकार एलाइन्स) प्रदेश स्तरमा समेत संरचना तयार गर्ने अभियानमा मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल रहेको  बताएका  छन।

उनले विकसित मुलुकको मानव अधिकारको चरण र नेपालको मानव अधिकार विचको अवस्था फरक रहेको बताए । उनले विकसित मुलुकले उठान गर्ने  मुद्धा र नेपालमा उठाउने हुने मुद्धा फरक हुने समेत बताए ।

उनले नेपाल अझै पनि घरेलु हिंसा ,गास, बास कबासका मुख्य मुद्धा उठान हुने बताए भने विकसित मुलुकमा जलबायु परितवर्तन प्रविधियुक्त मुद्धाहरुमा बहस हुने गरेको बताए। उनले न्यायको औचित्य भने एकै खाले मानव अधिकारको मूल देह न्यायको अुभूति  गराउने उल्लेख गरेका छन।

समय अनुसार मानव अधिकारका क्षेत्रमा समेत परिवर्तन हुने गरेको बताउँदै सुवेदीले हाल नेपालमा समेत साइबर कानून, प्रविधियुत्त सरकारी जवाफदेहीताका सवालहरुमा बसह हुने गरेको बताए । उनले लैङ्गिक समानताका सवालमा शिक्षा , मानव सभ्यताको दृष्टिकोण विश्वका अभ्यास राज्यको तह बाट राज्यको भूल प्रवाहमा नदेखिएका अल्पसंख्य पिछडा वर्गहरुको उत्थान जस्ता विषयहरुमा काम गर्न आवश्यक रहेको समेत बताएका छन।  उनले राज्यले लैङ्गिक समानताका लागि विभेदमुत्त शिक्षाको शुरुवात गर्न आवश्यक रहेको समेत बताएका छन ।  रेडियो कोहलपुर एफ. एम को “डबली”बहमा सुवेदीले उक्त कुरा बताएका हुन।

  • ९ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech