५ जेष्ठ २०८१, शनिबार

सन्तानेश्वर र बाबा बर्फानी मन्दिरमा पर्यटकको सङ्ख्या बढ्दै
  • न्युज मानसराेवर

बाँके\ पछिल्लो समय बाँके जिल्लाका दुई धार्मिकस्थल पछिल्लो समयमा आएर नेपाल र भारतका धार्मिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेका छन् । जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको पहाडी क्षेत्रमा रहेका सन्तानेश्वर र बाबा बर्फानी मन्दिरमा हाल आएर भारत र नेपालबाट पुग्ने धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

राप्तिसोनारी – ४ स्थित ‘बर्फानी बाबा’ मन्दिर र नरैनापुर ६ स्थित चुरे पहाडमा अवस्थित ‘सन्तानेश्वर बाबा’ मन्दिरमा दर्शनका लागि आउने नेपाली र भारतीय धार्मिक पर्यटक बढ्दै गएको पर्यटन प्रर्वद्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी गराएका छन। उनलेरमणीय स्थानमा रहेका ती दुबै धार्मिक स्थानको महत्वबारे प्रचारप्रसार हुन थालेपछि दुबै देशका धार्मिक पर्यटक आउने क्रम बढेको बताए ।

ती दुबै मन्दिरमा जाने स्वदेशी र विदेशी पर्यटक बढ्दै गएपछि गाउँपालिकाले पनि विशेष चासो लिएर दुबै मन्दिरसम्म पुग्ने बाटो र अन्य भौतिक पूर्वाधार निर्माणमा अग्रसरता देखाएका छन् ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले गाउँपालिकाको पहाडी क्षेत्रमा रहेका सन्तानेश्वर मन्दिरमा पर्यटकको सङ्ख्या बढेकाले त्यहाँसम्म पुग्ने सडक निर्माण र अन्य पूर्वाधारमा विशेष ध्यान दिइने बताए ।

  • १८ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech