५ जेष्ठ २०८१, शनिबार

सिमसारकाे पुर्नस्थापना गर्नु पर्छ: मन्त्री नमुना
  • न्युज मानसराेवर

बाँके/ लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना)ले सिमसार क्षेत्रको पुर्नस्थापना आजको आवश्यकता रहेको बताईन  ।

बिहीबार सिमसार दिवसको अवसरमा बाँके राष्ट्रिय निकुञ्जले गरेको कार्यक्रममा बोल्दै मन्त्री केसीले सो कुरा बताएका छन ।

प्रकृति, प्राणी, मानव जीवन र समग्र इको सिस्टममा सिमसारले सन्तुलित भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताउँदै उनले सिमसारले विभिन्न दुर्लभ प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई वासस्थान दिनुका साथै जलस्रोत संरक्षण, बहाव र गुणस्तर कायम राख्ने बताए ।

‘सिमसार एक गतिशील, विविधतायुक्त उर्वर पारिस्थितिक प्रणाली हो । यो जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले मूल्यवान् प्राकृतिक प्रणालीको अंश हो ।

यसको संरक्षण अति नै आवश्यक छ ।’ उनले भनिनन ।
मन्त्री केसीले सिमबार क्षेत्रको पुर्नस्थापनाको साथै यसको संरक्षण अहिलेको आवश्यकता रहेको दाबी गरिन।

‘सिमबार क्षेत्रको पुर्नस्थापना आजको प्रमुख आवश्यकता भएको छ’ उनले भनिन , ‘यस क्षेत्रमा भएका सिमसार क्षेत्रहरुको संरक्षण गर्नुपर्छ ।’

सिमसार क्षेत्रहरुको संरक्षण गर्नुपर्ने दायित्व सबैको रहेको मन्त्री केसीले दाबी छ ।

स्थानीय स्तरमा रहेका सिमसारहरुको संरक्षणको लागि स्थानीय नागरिकहरुलाई नै अग्रसर गराउनुपर्ने उनले बताईन ।

  • १९ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech