५ जेष्ठ २०८१, शनिबार

पर्यटन प्रवर्द्धन गर्न ‘टुर दी ठाकुरद्वारा’
  • रासस

बाँके\पर्यटन व्यवसायलाई साइक्लिङमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जबाट बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रा गरिने भएको छ ।

नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गर्ने यस अभियानमा करीब ३०० साइकल यात्री बर्दिया राष्ट्रिय निकुञ्जमा अवस्थित ठाकुरद्वारा पुग्ने क्लबका अध्यक्ष सतीश निरौलाले जानकारी दिए । उनका अनुसार यही माघ २६, २७ र २८ गते हुने नेपालगञ्ज साइकल महोत्सवअन्तर्गत ‘टुर दी ठाकुरद्वारा’ र ‘नेपालगञ्ज किड्स रेस’को पनि आयोजना गरिएको छ ।

‘यही माघ २६ गते बागेश्वरी मन्दिरबाट शुरू हुने हाम्रो यात्रा त्रिभुवनचोक, गणेशमानचोक, खजुरामा रहेको सिमसार क्षेत्रबाट बढैयाताल अनि बाँसगढीको ओम केदारेश्वर मन्दिर र सतखलुवा ताल हँुदै ठाकुरद्वारा पुग्नेछ,’ अध्यक्ष निरौलाले भने, ‘२७ र २८ गते बर्दिया राष्ट्रिय निकुञ्जको जंगल सफारी, हात्ती सफारी अनि नेपालकै लामो गेरुवा कर्णाली पुलको पनि अवलोकन गराउँदै कर्णाली चिसापानीसम्म पुर्‍याउने हाम्रो योजना छ ।’

साइकल यात्राका लागि रुट र त्यसमा आवश्यक पर्ने सबै खालको समन्वय गरिसकेको भन्दै अध्यक्ष निरौलाले ‘टुर दी ठाकुरद्वारा’मा अन्तरप्रदेशीय साइकल यात्री र अन्तरराष्ट्रिय साइकल यात्रीसँगै स्थानीय साइकल यात्री पनि सहभागी हुने उल्लेख गरे । ‘साइक्लिङलाई संस्कृति र पर्यटनसँग जोडेर काम गर्ने हाम्रो मुख्य उद्देश्य हो ।

  • २५ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech