२६ बैशाख २०८१, बुधबार

हिउँदेवाली भित्र्याउन पाउँदा नरैनापुरवासी हर्षित
  • न्युज मानसराेवर

नरैनापुर\हिउँदेवाली सप्रियपछि नरैनापुर गाउँपालिकाका किसान हर्षित भएका छन् । वर्षात नभएपछि धान खेती गर्न नपाएका नरैनापुरका किसानहरु हिउँदेवाली राम्रो भएपछि खुशी भएका हुन् ।

धान वालीको परिपूर्ति गहुँ, मसुरो र तोरीले गर्ने आशा गरेको नरैनापुर गाउँपालिका ४ खोदवाका रामनरेश तमौलीले बताए । तोरी स्याहार्दै गरेका उनले हिउँदेवालीले खाद्यन्न संकट टार्ने विश्वास गरे ।

वर्सात नहुँदा नरैनापुरमा १५ प्रतिशत धान रोपाइँ भएको थियो भने गत वर्षभन्दा दश गुणा कम धान उत्पादन भएको थियो । धान उत्पादन नभएपछि गाउँपालिकाले सुखाग्रस्त क्षेत्र घोषणा समेत गरेको छ ।

  • ८ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • Nabintech