७ जेष्ठ २०८१, सोमबार

कोहलपुर महोत्सवमा कूल २ करोड ५० लाख कारोबार
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुरमा शुक्रबारबाट सुरु भएको लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर–२०७९ मा अहिलेसम्म २ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । महोत्सव सञ्चालन भएको पाँचौ दिनसम्म कूल २ करोड ५० लाख रुपैयाँ भएको हो ।

आयोजक कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलका अनुसार महोत्सवको पाँचौ दिन १ करोड ३० लाख कारोबार जानकारी गराएका छन।

महोत्सवमा ५ करोडको आर्थिक करोबार हुने अनुमान गरिएको छ । यस्तै ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजक कोहलपुर उद्योग वाणिज्य संघले जनाएको छ । चौथोदिन दिन ८ हजार दर्शकले महोत्सव अवलोकन गरेका थिए । महोत्सवको दोस्रो दिन ५ हजारले अवलोकन गरेका थिए ।

कोहलपुर उद्योग वाणिज्य संघको बहुआयमिक भवन निर्माणार्थ कोहलपुरमा पहिलोपटक लुम्बिनी प्रदेश स्तरीय महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा चौथो दिनबाट विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता समेत सुरु भएको छ ।

प्रतियोगितामा २० विद्यालय सहभागी छन् । प्रतियोगिताको पहिलो दिन चार विद्यालयले प्रस्तुती दिएका थिए । महोत्सवमा २ सय ५० स्टल राखिएका छन् । महोत्सव आगामी फागुन १३ गतेसम्म सञ्चालन हुनेछ ।

  • ९ फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech