७ जेष्ठ २०८१, सोमबार

आयात घट्दा ७ महीनामा १८ प्रतिशत घट्यो व्यापार घाटा
  • न्युज मानसराेवर

बाँके\ चालू आर्थिक वर्ष (आव)को ७ महीनामा मुलुकको व्यापार घाटा ८ खर्ब रूपैयाँ नाघेको छ । भन्सार विभागले बुधवार सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवको साउनदेखि माघसम्मको तथ्यांकअनुसार व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड ३० लाख ९ हजार रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिमा व्यापार घाटा १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख २५ हजार रुपैयाँ थियो । गत आवको उक्त अवधिको तुलनामा यो आवको सोही अवधिमा व्यापार घाटा १८ प्रतिशतले घटेको छ ।

उक्त अवधिमा नेपालले ९ खर्ब १९ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ । गत वर्षको सोही अवधिमा ११ अर्ब ४७ खर्व रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो । यो ७ महीनामा आयात पनि १९ प्रतिशतले घटेको छ ।

सो अवधिमा नेपालले ९३ अर्ब ४३ करोडको सामान निर्यात गरेको छ । गत वर्षको यसै अवधिमा १ खर्ब ३१ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष निर्यात २९ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ ।

  • १० फाल्गुन २०७९, बुधबार प्रकाशित

  • Nabintech