१४ बैशाख २०८१, शुक्रबार

सन २०२२ मा लुम्बिनीमा सबैभन्दा बढी मानव अधिकार उलंघनका घटना
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशमा सबैन्दा बढी मानव अधिकार उल्लंघनका घटना घटेको सार्वजनिक भएको छ । मानव अधिकारको क्षेत्रमा क्रियाशिल ईन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले आयोजना गरेको मानव अधिकार तथा मानविय अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सो सार्वजनिक भएको हो ।

कार्यक्रममा ईन्सेकका अध्यक्षसमेत रहेका बरिष्ठ पत्रकार डा. कुन्दन अर्यालले मानव अधिकार उल्लंघनका घटना उजागर गर्नको लागि उजुरी दिनुपर्ने र चुप लागेर बस्न नहुने कुरामा जोडदिए । उनले पछिल्लो समय द्वन्द्वले मात्र अधिकार स्थापित गर्न सकिन्छ वा आफ्नो माग पुरा गर्न सकिन्छ भन्ने भ्रमको कारणले पनि मानव अधिकार उलंघनका घटनाहरु घट्ने गरेको पाईएको बताए ।

उनले ईन्सेकले सन २०२२ मा देशभरी घटेका विभिन्न मानव अधिकार उल्लंघनका घटनाको बारेमा अभिलेखिकरण गरी सार्वजनिक गरेको तथ्याङ्क अनुसार ७ हजार ३ सय ७६ घटना मध्ये लुम्बिनी प्रदेशमा मात्र ४ हजार २ सय २८ वटा घटना अभिलेख भएको बताए ।

उनले पछिल्लो समय द्वन्द्वका घटनामा सरकारले न्याय र परिपुरण दिने कुरामा ईमान्दार नबन्नु र यसका लागि आयोगलाई कमजोर बनाउनु, हत्या जस्तो अपराधलाई पनि बर्गिकरण गरी द्वन्द्वलाई बल्झाउदै आएको आरोप लगाए ।

सो कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जिल्लामा मानव अधिकार उल्लंघनका घटनामा न्युनिकरण गर्नका लागि सबैको हातेमालो हुन आवश्यक रहेको औल्याए । उनले द्वन्द्वको बेलाका घटनालाई समाधान खोज्नको लागि पहल हुनु पर्नेकुरामा जोडदिदै भोगेको र व्यहोरेकाले मात्र अनुभुती गर्ने भएकोले उनीहरुको भोगाईलाई सम्बोधन गर्न आवश्यक हुने बताए ।

ईन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जका संयोजक भोला महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका द्वारीका अधिकारी, नेपाल बारका पूर्व उपाध्यक्ष प्रहलादबहादुर कार्की, द्वन्द्वपीडित तथा एकल महिला सञ्जालका अध्यक्ष एकमाया विक, अधिकारकर्मी रविन्द्र कर्ण, चन्द्रकला उप्रेतीलगायतले आ–आफ्नो भनाई राखेका थिए ।

  • ३० फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech