१५ चैत्र २०८०, बिहीबार

लुम्बिनीमा भेटीबापत एक करोड तीन लाख रुपैयाँ संकलन
  • न्युज मानसराेवर

बुटवल\लुम्बिनीस्थित मायादेवी मन्दिरमा भेटीबापत १ करोड ३ लाख ७ हजार रुपैयाँ संकलन गरिएको छ। बुधबार सकिएको मेटीगणना अनुसार यसपटक कोभिडपछि अहिलेसम्मकै बढी रकम संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए।

आइतबार कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा दानपत्रको रकम गणना सुरु गरिएको थियो। आइतबार ११ लाख ८२ हजार, सोमबार ३६ लाख २८ हजार मंगलबार ३२ लाख ५० हजार, बुधबार २२ लाख ४७ हजार रुपैयाँ संकलन भएको कोषको राजस्व शाखाका विकास लामाले जानकारी दिए। फागुन २८ गतेदेखि बुधबारसम्म चार दिनसम्म ४० जना गणकबाट भेटीगणना गरिएको थियो।

अहिले विदेशी पर्यटकको संख्या बढेकाले पनि दानबापतको रकम बढेको कोषका अधिकारीहरू बताउँछन्।

  • २ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech