१३ बैशाख २०८१, बिहीबार

लमही नगरपालिकामा लैससास परिक्षण सम्पन्न
  • न्युज मानसराेवर

दाङ\लमही नगरपालिकामा लैगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्पन्न गरिएको छ ।  समापन कार्यक्रममा बोल्दै लमही नगरपालिका मेयर जोगराज चौधरीले नीतिगत रुपमा देखिएका कम्जोर सवालहरुमा यहाँका सबै शाखाहरुको सहकार्य र समन्वयमा कार्य सम्पादन गर्न आवश्यक रहेको बताए ।

उनले शिक्षा क्षेत्रमा यहाँका कर्मचारी विज्ञ हुनुहुन्छ हामी त यहाँहरुले गर भनेका कुुरा गर्ने आवश्यक नीति कानून निमार्णमा यहाँका कर्मचारीहरुको सहयोग आवश्यक रहेको बताएका छन।

त्यसै गरी कार्यक्रममा बोल्दै लमही नगरपालिका उप मेयर लक्ष्मी योगीले कर्मचारी र जनप्रतिनिधिहरुको क्षमता विकास गर्न आवश्यक रहेको औल्याइन । उनले नीतिगत रुपमा आवश्यक बजेट विनियोजन गर्दा पनि तालिम गोष्टि मा संघिय र प्रदेश सरकारले रोकेको बताइन। उनले लमही नगरपालिकाको नीति तथा कानून निमार्णमा सबैको सहयोग आवश्यक रहेको बताइन।

उनले आगामी बर्ष भित्र नगरपालिकालाई लैससास नीति र कानून निमार्ण गर्नका आगि आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत जनाइएकी छन।

कार्यक्रममा बोल्दै लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन बहादुर थापाले लै.स.सा.स परिक्षणमा सूचकहरुमा देखिएका अभावहरुलाई क्रमिक रुपमा सुधार गर्दै लैजाने उल्लेख गरे । उनले यसका लागि नगरपािलका कर्मचारी शाखा प्रतिवद्ध रहेको बताए । उनले नगरपालिकाको परिक्षणमा सहजीकरण गर्ने संस्था तथा प्रदेश सुशासन केन्द्रलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

दुई दिन सम्म संचालन गरिएको उक्त परिक्षमा  लमही नगरपालिकाका वडा अध्यक्ष कार्यपालिका सदस्य विषयगत शाखा प्रमुख लगाएत ३६ जनाको सहभागिता रहेको थिए । कार्यक्रमको सहजीकरण लैससास (जेसी) विज्ञ शोभिता परियारले गरेकी थिइन।

कार्यक्रमलाई लुम्बिनी प्रदेश ,सुशासन केन्द्र बाँकेको आर्थिक सहयोग लमही नगरपालिकाको आयोजना तथा उत्पीडित सामुदायिक विकास केन्द्र बाँकेको सहजीकरण मा उक्त परिक्षणको आयोजना गरिएको थियो ।

  • ६ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech