१५ चैत्र २०८०, बिहीबार

श्रम स्वीकृत लिने संख्या ६१ हजार पुग्यो
  • न्युज मानसराेवर

बाँके\फागुन महिनामा मात्रै वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन्।वैदेशिक रोजगार विभागका अनुसार फागुनमा नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति र व्यक्तिगत गरी ६१ हजार ८४५ जनाले विदेशमा काम गर्नको लागि चाहिने श्रम स्वीकृति लिएका हुन्।

फागुनमा सबैभन्दा बढी मलेसियाका लागि १९ हजार ८२४ ले श्रम स्वीकृति लिएका छन्। त्यस्तै कतारका लागि ११ हजार ३०३, संयुक्त अरब इमिरेट्सका लागि ९ हजार ७९५, साउदी अरेबियाका लागि ९ हजार ५०३ ले श्रम स्वीकृति लिएको तथ्यांक छ।

कुवेतका लागि २ हजार ४६२, दक्षिण कोरियाका लागि २ हजार २२७ र रोमानियका लागि १ हजार ७० जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

फागुनमा १३ हजार ५८० अदक्ष कामदारले श्रम स्वीकृति लिएका छन्। त्यस्तै ४२ हजार ७१८ दक्ष, ५ हजार ४४९ अर्धदक्ष, ६८ व्यावसायिक र ३० उच्च दक्ष श्रमिकले श्रम स्वीकृति लिएको विभागको भनाइ छ।

  • ७ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech