१३ बैशाख २०८१, बिहीबार

प्रेस सेन्टर बाँकेको प्रशिक्षण कार्यक्रम सम्पन्न
  • न्युज मानसराेवर

कोहलपुर \प्रेस सेन्टर नेपाल बाँके शाखाको प्रशिक्षण तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।एक महिने संगठन सुदृढिकरण अभियान अन्तर्गत बुधबार कोहलपुरस्थित कोहलपुर पार्कमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

गत माघमा प्रेस सेन्टर बाँकेको नयाँ नेतृत्व चयन भएलगत्तै १ महिने संगठन सुदृढिकरण तथा बिस्तार अभियान संचालन गरीएको थियो ।अभियान अन्तर्गत बाँकेका ६ वटा पालिकामा बैठक, भेला तथा प्रशिक्षणसँगै पुनर्गठनको अभियान संचालन गरीएको प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्यले जानकारी दिए ।

बुधबार जिल्लास्तरीय प्रशिक्षण तथा बनभोज कार्यक्रम आयोजना गरेर पहिलो चरणको अभियान सम्पन्न गरीएको हो । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना) ले प्रेस सेन्टरलाई जिल्लाकै अग्रणी संस्थाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएकी थिईन ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी मन्त्री नमुनाले संचारकर्मीहरुको क्षमता विकास तथा ब्यवसायीक दक्षता अभिबृद्धिका लागि प्रदेश सरकारबाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाईन । कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेले जनयुद्धको रापबाट उदाएको शक्तिका रुपमा प्रेस सेन्टर नेपालले बाँके जिल्लामा खेलेको भुमिका उल्लेखनिय भएको उल्लेख गर्दै आगामी दिनमा थप शसक्त ढंगले अगाडी बढ्ने विश्वास ब्यक्त गरे । जनपक्षिय पत्रकारीताको माध्यमबाट आम नागरीकलाई थप सुसुचित गर्दै समाजमा हुने हरेक किसीमका बिसंगतीका बिरुद्धमा कलम चलाउन समेत उनले आग्रह गरे ।

संगठनलाई पालिका स्तरसम्म बिस्तार गर्ने अभियान अन्तर्गत बाँकेका ६ वटा पालिकामा कमिटि बिस्तार हुनु आफैमा खुसीको कुरा भएको भन्दै बाँकी पालिकामा समेत संगठन स्थापित गर्न सबै लाग्नुपर्ने प्रेस सेन्टर नेपाल केन्द्रिय निति तथा परामर्श समितिका सदस्य शुसिल लामिछानेले बताए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक नरेन्द्र पाण्डे (जेम्स), प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रदिप वाग्ले, प्रदेश सचिव गजेन्द्र गुरुङ लगाएतले प्रशिक्षणमुलक मन्तब्य राखेका थिए । प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्यको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्लाका ७ दर्जन बढि संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

  • ७ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech