१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम विश्वविद्यालयका आज १० क्याम्पसमा स्ववियु निर्वाचन हुँदै
  • न्युज मानसराेवर

सुदुरपश्चिम डेक्स\सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ। केन्द्रीय क्याम्पससहितका ५ क्याम्पस बाहेक १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु निर्वाचन हुन लागेको हो।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस कैलाली बहुमुखी क्याम्पसमा पनि नयाँ स्ववियु नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। यहाँ नेकपा एमाले सम्बद्व अनेरास्ववियु र नेकपा एकीकृत समाजवादी पार्टीको अनेरास्ववियूबीच चुनावी तालमेल भएको छ। अन्य संगठनले एकल उम्मेदवारी दिएका छन्।

कैलाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुका यमराज जोशी, नेविसंघका हरिस खत्री, अखिल क्रान्तिकारीका पवन सुनारसहितका ९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

स्ववियु निर्वाचनका लागि गत १ चैतमा मनोनयन दर्ताको समय भए पनि आन्तरिक विवादका केन्द्रीय क्याम्पसहितका ५ क्याम्पसमा मनोनयन दर्ता हुन सकेन। केन्द्रीय क्याम्पसले अगामी २१ गते नयाँ मिति तय गरेको छ। अन्य क्याम्पस भने निर्वाचन कहिले गर्ने भन्ने विषयमा छलफलमै रहेका छन्।

  • ८ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech