१४ बैशाख २०८१, शुक्रबार

नेपालमा आयआर्जन नगर्ने मध्ये करीब ४७% विद्यार्थी
  • न्युज मानसराेवर

बाँके\नेपालमा आय आर्जनमा संगलग्न नभएको जनसंख्या मध्ये करीब ४७ प्रतिशत विद्यार्थी भएको पाइएको छ ।

राष्ट्रिय जनगणनाअनुसार आर्थिक काममा संलग्न १ करोड ४९ लाख ८३ हजार ३१० जनसङ्ख्या छन् । त्यसमध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७ दशमलव ३ प्रतिशत रहेका छन् ।

थोक एवं खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मतमा १२ दशमलव पाँच प्रतिशत, निर्माणमा ८ दशमलव १ प्रतिशत, अन्य सेवामा ३ दशमलव ९ प्रतिशत, औद्योगिक उत्पादनमा ३ दशमलव ८ प्रतिशत जनसङ्ख्या संलग्न छन् ।

विद्यार्थी भएर आर्थिक काम नगर्नेको सङ्ख्या पनि उत्तिकै छ । १० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिमध्ये कुनै पनि आम्दानी हुने वा नहुने आर्थिक काम नगरेका व्यक्तिमध्ये सबैभन्दा धेरै ४६ दशमलव ९ प्रतिशत विद्यार्थी भएकाले आर्थिक काम नगरेको देखिन्छ ।

घरधन्दामा २१ दशमलव ९ प्रतिशत, वृद्धावस्थामा ११ प्रतिशत, पारिवारिक हेरचाह ७ दशमलव ५ प्रतिशत, अन्यमा ७ दशमलव ४ प्रतिशत, अशक्त बिरामी २ दशमलव ५ प्रतिशत, पेन्सन आयमा २ दशमलव २ प्रतिशत र सामाजिक कार्य र स्वयंसेवा शून्य दशमलव ३ प्रतिशत रहेको छ ।

  • ११ चैत्र २०७९, शनिबार प्रकाशित

  • Nabintech