१४ बैशाख २०८१, शुक्रबार

घरेलु उद्योगमा कर्णाली प्रदेश पछाडि
  • न्युज मानसराेवर

बाँके\मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेको घरेलु व्यवसाय तथा उद्योग सञ्चालन गर्नेमा बागमती प्रदेश शीर्ष स्थानमा रहेको
छ ।अन्य प्रदेशमा पनि घरेलु उद्योग सञ्चालन गर्न सकिने भए पनि यस्ता उद्योगमासमेत सङ्घीय राजधानी रहेको बागमती प्रदेशको हिस्सा नै बढी पाइएको छ ।

आर्थिकरूपमा पछाडि परेको कर्णाली प्रदेश घरेलु उद्योगमासमेत कमजोर अवस्थामा रहँदा बागमती प्रदेशको हिस्सा बढी रहेको राष्ट्रिय जनगणनाको पछिल्लो विवरणमा उल्लेख छ ।देशभर कुनै पनि सरकारी निकायमा दर्ता नगरेका र एक जना पनि तलबी कामदार नराखेका कृषिबाहेकका साना घरेलु व्यवसाय सञ्चालन गरेका परिवार ६ लाख २७ हजार ८८७ छन् ।

साना घरेलु व्यवसाय सञ्चालन गर्ने कूल परिवारमध्ये घरेलु उद्योग सञ्चालन गर्ने परिवार ९ दशमलव ४ प्रतिशत रहेको छन् । साना घरेलु व्यवसाय सञ्चालन गर्ने कूल परिवारमध्ये घरेलु उद्योग सञ्चालन गर्नेले सञ्चालन गरेका उद्योगको संख्या १ लाख ३७ हजार ६४४ छ ।

व्यापार व्यवसायमा ३ लाख १० हजार ६५१, यातायातमा ३४ हजार छ सय ६५६, सेवा क्षेत्रमा ६९ हजार १७७ र अन्य व्यवसायमा ७५ हजार ५५९ बराबर छ ।साना घरेलु व्यवसायमध्ये मुख्यरूपमा पुरुषले सञ्चालन गरेका ५५ प्रतिशत र महिलाले सञ्चालन गरेका ४५ प्रतिशत उद्योग छन् । रासस

  • ११ चैत्र २०७९, शनिबार प्रकाशित

  • Nabintech