१५ बैशाख २०८१, शनिबार

वडा अध्यक्ष गरिबे शेषले दिए कक्षा ८ को परीक्षा
  • न्युज मानसराेवर

बाँके\बाँकेको खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष गरिबे शेषले कक्षा ८ को जिल्लास्तरीय परीक्षा दिइरहेका छन् ।

४४ वर्षीय वडाअध्यक्ष शेषले खजुराको आर्दश मावि केन्द्रबाट परीक्षा दिएका हुन् ।

माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित शेषले शिक्षा लिनका लागि उमेर बाधक नहुने भन्दै आफू परीक्षा दिन थालेको बताए ।ज्ञानोदय माविमा कक्षा ८ मा भर्ना भएका अध्यक्ष शेषले घरमा शिक्षक राखेर ८ कक्षाको पाठ्यक्रम पढेका थिए ।

‘मैले जीवनमा पढाइको महत्त्व धेरै बुझेपछि अगाडि पढ्ने सोच बनाएको हुँ,’ अध्यक्ष शेषले भने, ‘सानो हुँदा पढ्न पाइएन ।

घर परिवारमा वातावरण मिलेन, अब पढाइलाई निरन्तरता दिनेछु ।’

  • १२ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech