३० भाद्र २०८३, मंगलवार

मेची महाकाली अभियान कोहलपुर पुग्यो
  • न्युज मानसराेवर

कोहलपुर \जातीय भेदभाव निराकरण गर्ने उद्देश्यले महाकाली मेची अभियानमा साइकल यात्रामा निस्कनु भएका महिला पत्रकारलाई कोहलपुरमा स्वागत गरिएको छ । शनिबार आज कोहलपुरमा दलित मोर्चा तथा अन्य विभिन्न संघसंस्थाहरुद्धारा महाकाली मेची अभियानमा हिँडेका महिला पत्रकारलाई स्वागत गरिएको हो ।

जातीय भेदभाव निराकरण गर्ने सन्देश फैलाउने र चेतना जगाउने उद्देश्यले महाकाली मेची अभियानमा निस्कनुभएका महिला पत्रकारहरू रीता बुढाथोकी, इन्दिरा विश्वकर्मा र सङ्गीता नेपालीलाई कोहलपुरमा स्वागत गरिएको हो ।

उक्त  अभियानलाई रेडियो प्रतिबोध एफएमका अध्यक्ष शिव सुनारलगायतको टिमले स्वागत गरेका थिए । स्वागत गर्दै सुनारले अभियानमा हिँडेका महिला पत्रकारले समाजमा रहेको विभिन्न किसिमका विभेदका घटना तथा परिघटनालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ हिँडेकोमा खुसी लागेको बताइन। मेची महाकाली अभियानमा साइकल यात्रामा निस्कनुभएका महिला पत्रकार इन्दिरा विश्वकर्माले अहिलेको यो युगमा समेत जातीय भेदभाव समाजमा कायमै रहेकाले त्यसबाट आफूहरू निकै दुखी भएको जनाउँदै सो विरुद्ध सचेतना फैलाउन मेची महाकाली साइकल यात्रामा निस्केको उल्लेख गरिन।

  • ९ बैशाख २०८०, शनिबार प्रकाशित

  • Nabintech