४ जेष्ठ २०८१, शुक्रबार

बैजनाथमा आइसिटी ल्याब संचालन हुदैँःरावत
  • न्युज मानसराेवर

बैजनाथ\बैजनाथ बैजनाथ गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष देव बहादुर रावतले बैजनाथको विकासका लागि संघीय मन्त्रालयहरुमा योजना तथा बजेट माग  गरेका छन। पछिल्लो समय वडा अध्यक्ष रावतले खानेपानी तथा ढल निकास बिभागका कार्यकारी रामाकान्त डुवानीसँग बैजनाथ गाउँपालिका भित्र खानेपानी तथा ढल निकास सम्बन्धि योजनाहरुका विषयमा छलफल गरिएको जानकारी गराएका छन।

उनले स्थानीय स्तरमा खानेपानीको समस्या न्यूनिकरण गर्न तथा स्वास्थ्कर पानीको व्यवस्थापन गर्नाका लागि आवश्यक बजेटको व्यवस्थापन गर्न अनुरोध गरिएको जानकारी गराए ।

त्यसै गरी रावतले सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय अन्तगर्त बैजनाथ गाउँपालिकाका वडा नं. ६  र  वडा नं. ५ ने. रा. मावि गुरुवागाउँमा आइसिटी ल्याब  संचालन गरिने बताए।आइसिटी ल्याबका लागि आवश्यक पहल समेत गरिएको समेत जानकारी गराएका छन।

आइसिटी ल्याप संचालन  गर्नाका लागि सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका  मन्त्री रेखा शर्मासँग आवश्यक सहकार्य तथा समन्वय गरिएको  जानकारी गराएका छन। रावतले आइसिटी ल्याप संचालन हुँदा स्थानीय विद्याथीहरुले लाभ लिने विश्वास समेत व्यक्त गरेका छन ।

  • १० बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech