२० बैशाख २०८१, बिहीबार

लुम्बिनी सांसद खत्रीको पहलमा बन्ने भयो भेरी अस्पतालमा कुरुवा घर
  • न्युज मानसराेवर

बाँके\बाँके क्षेत्र नं.३(क)  का प्रदेश सांसद रत्न खत्रीको पहलमा बाँके स्थित भेरी अस्पतालमा बिरामी  कुरुवा घर निमार्ण कार्य शुरु हुने भएको छ।  लुम्बिनी प्रदेश सरकारले कुरुवा घर निमार्णका लागि आवश्यक बजेटको व्यवस्थापन गरेको हो ।

खत्रीको पहलमा   कुरुवाघर सम्पन्न गर्नाका प्रदेश स्वास्थ्य मन्त्रालयले उक्त  रकम विनियोज गरेको हो ।

मन्त्रालयले  कुरुवा घर निमार्णका लागि ३० लाख  बजेट विनियोजन गरिएको बुझिएको छ ।

कुरुवा घर निमार्ण सम्पन्न गर्नाका निम्ति बजेट अभाव थियो सांसद रत्न खत्रीको पहलमा थप ३० लाख रकम प्रदेश स्वास्थ्य मन्त्रालयले विनियोज गरेको प्रति धन्यवाद नेपालगञ्ज उद्योग बाणिज्य संघको पुर्व अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले उल्लेख गरेका छन।

बाँके स्थित भेरी अस्पतालमा हाल बाँके बर्दिया प्यूठान रोल्पा लगाएत जिल्ला बाट विरामी आउने गरेका छन।  कुरुवाघर नहुँदा विरामी कुरुवा अस्पतालको भैइमा नै सुत्न बाध्य थिए अब केही राहत हुने छ सांसद खत्रीले भनेका छन।

उनले एउटा जनप्रतिनिधिको दाहित्व समग्र आफ्नो क्षेत्रको विकास लक्षित हुने हुँदा आफ्नो दाहित्व निर्वाह मात्र गरेको उल्लेख गरेका छन। उनले समृद्ध बाँके निमार्णमा धेरै काम गर्न बाँकी रहेको समेत बताएका छन ।

खत्री २१ गते प्रदेश मन्त्रालयमा बाँके भेरी अस्पतालमा विरामी कुरुवाहरुले भोक्दै आइरहेको समस्या देखाउदै प्रदेश स्वास्थ्य मन्त्रालयमा निवेदन पेश समेत गरेका थिए ।

भैइमा सुत्न बाध्य विरामी कुरुवा तत्कालिन मध्य तथा सुदुरपश्चिमको नाक कहलिएको अस्पताल हो नेपालगञ्ज भेरी अस्पताल ।
कोरना संक्रमणको जगजगमा धेरैको ज्यान बचाउन सफल उक्त अस्पतामा विरमी कुरुवा भैइमा बस्न बाध्य भएको छन।

निजी अस्पताल भन्दा उच्चतम अनुभवी रहेका  डाक्टर  यस अस्पतालमा पछिल्लो समय कुरुवा घर निमार्णले केही आशा जनाएको विरामी कुरुवाहरुले बताएका छन।  पैसा छैन नीजिमा लैजान एक कूरुवाले भने । अब बेथा लाग्यो । यहाँ राम्रो हुन्छ ।भनेर आएका हौँ तर बस्ने ब्यवस्था नहुँदा भैइमा नै बस्न बाध्य छौँ ,एक विरामी कुरुवा सिता थापाले भनिन।   छिटै विरामी कुरुवा घर बने त न्यूनतम शुल्कमा बस्ने व्यवस्था हुने थियो  उनले भनिन ।

  • २५ बैशाख २०८०, सोमबार प्रकाशित

  • Nabintech