२० बैशाख २०८१, बिहीबार

४ लाख २९ हजार शिक्षा क्षेत्रमा रोजगारी
  • न्युज मानसराेवर

बाँके\नेपालको जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक भएसँगै नेपालको अर्थतन्त्रलाई निर्धारण गर्ने पक्षहरूका आँकडा सार्वजनिक हुन थालेका छन् । यस जनगणनाको हालै सार्वजनिक तथ्यांकअनुसार नेपालमा आर्थिक रूपले सक्रिय १० वर्ष वा सोभन्दा बढी उमेर भएको जनसंख्या पनि एक महत्वपूर्ण पाटोको रूपमा रहिआएको छ ।

नेपालको जनगणना २०७८ का अनुसार नेपालमा यस उमेर समूहका आर्थिक रूपले सक्रिय जनसंख्या १ करोड ४९ लाख ८३ हजार ३१०
रहेको छ । उक्त जनसंख्यामध्ये करीब २ दशमलव ८६ प्रतिशत जनसंख्याको प्रमुख पेशाको रूपमा शिक्षा पेशा रहेको छ ।

कुल पुरुषहरूमा २ दशमलव ९५ प्रतिशत शिक्षा पेशामा आबद्ध रहेको पाइन्छ भने कुल महिलामध्ये २ दशमलव ७७ प्रतिशत यो पेशामा आबद्ध रहेको पाइन्छ ।

शहरमा शिक्षा पेशामा आबद्ध जनसंख्याको हिस्सा ३ दशमलव २२ प्रतिशत रहेको छ भने यो हिस्सा गाउँपालिकामा २ दशमलव २३ प्रतिशत रहेको छ । हिमालमा शिक्षा पेशामा आबद्ध जनसंख्याको २ दशमलव ७५ प्रतिशत, पहाडमा ३ दशमलव ३३ प्रतिशत र तराईमा २ दशमलव ४८ प्रतिशत छ ।

प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशमा शिक्षा पेशामा आबद्ध जनसंख्याको हिस्सा २ दशमलव ६८ प्रतिशत, मधेश प्रदेशमा २ दशमलव शून्य ६ प्रतिशत, बागमती प्रदेशमा ३ दशमलव ७१ प्रतिशत, गण्डकी प्रदेशमा ३ दशमलव ७४ प्रतिशत, लुम्बिनी प्रदेशमा २ दशमलव ५५ प्रतिशत छ ।

यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा शिक्षा पेशामा आबद्ध जनसंख्याको हिस्सा क्रमश २ दशमलव ६० प्रतिशत र २ दशमलव ७० प्रतिशत रहेको छ ।

  • २७ बैशाख २०८०, बुधबार प्रकाशित

  • Nabintech