७ बैशाख २०८१, शुक्रबार

मुख्यमन्त्रीलाई पर्यटन विकासको माग गर्दै ज्ञापनपत्र
  • न्युज मानसराेवर

बाँके\नेपाल ऐशोसियसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) बाँकेले विहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई ज्ञापनपत्र बुझाउँदै पर्यटन व्यवसायीका माग पूरा गर्न आग्रह गरेको छ । नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलको नेतृत्वमा भैरहवा पुगेको एक टोलीले विहीबार मुख्यमन्त्री चौधरीलाई ११ सुत्रीय मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

नाट्टा बाँकेका महासचिव झवि शर्माका अनुसार नाट्टा बाँकेका अध्यक्ष सिग्दलले ज्ञापनपत्र बुझाएका हुन।

उक्त अवसरमा मुख्यमन्त्री चौधरीले पर्यटन व्यवसायको विकासका लागि अघि सारिएका मागहरु पूरा गरिने आश्वासन दिएका छन।

नाट्टा बाँकेले मुख्यमन्त्री चौधरीलाई बुझाएको मागमा नेपालगञ्ज–दिल्ली हवाई उडान सुरु गर्न पहल अगाडि बढाउनु पर्ने, सीमा नाकालगायत पर्यटकीय क्षेत्रका लागि पर्यटन प्रहरी गठन गर्नुपर्ने, पर्यटन क्षेत्रलाई उद्योग सरह मान्यता दिनुपर्ने माग गरिएको छ ।

नाट्टा बाँकेका अध्यक्ष सिग्देलले पर्यटन व्यवसायमा सुधार ल्याउन अघि सारिएका मागप्रति मुख्यमन्त्री निकै सकारात्मक देखिनु भएकाले आफुहरु आशावादी बनेको बताएका छन।

पर्यटनका लागि पश्चिम नेपालको सबैभन्दा सुगम मानिने नेपालगञ्ज पर्यटनको हब र गेटवे दुबै भएकाले सरकारले यो सहरलाई विशेष प्राथमिकतामा राख्नुपर्ने माग गरिएको समेत बताए ।कार्यक्रममा अध्यक्ष सिग्दले, महासचिव शर्मासंगै सचिव भागीराम ओली लगायतको सहभागिता रहेको थियो ।

  • २८ बैशाख २०८०, बिहीबार प्रकाशित

  • Nabintech