२० बैशाख २०८१, बिहीबार

शैक्षिक निरन्तरताका लागि बाँकेमा आर्थिक सहयोग
  • न्युज मानसराेवर

बाँके\ नेपालगञ्जमा स्थापित उद्योगपति कमल कार्कीले बाँकेको खजुरा गाउँपालिका ४ का एक परिवारका दिदी भाईको शैक्षिक निरन्तरताका लागि आर्थिक सहयोग गरेका छन। कार्कीले ज्ञानोदय मावि खजुरामा कक्षा ९ मा अध्ययनरत पुनम बुढा र मनकामना माविमा कक्षा ७ मा अध्ययनरत गणेश बुढाको शैक्षिक निरन्तरताका लागि घरमै पुगेर २५ हजार रुपियाँ सहयोग गरेका हुन ।

लुम्विनी प्रदेशसभा सदस्य तथा नेकपा एमाले बाँकेका सचिव रत्न खत्री, एमाले बाँके जिल्ला कमिटी सदस्य देवराम विसी, ब्यवसायी नमु पाण्डेसहित घरमै पुगेर कार्कीले दुबैका हजुर बुवा टेकबहादुर महतारालाई रकम हस्तन्तरण गरेका हुन।

लुम्विनी प्रदेशसभा  सांसद खत्रीले यस्ता मनकारी सहयोगीहरुका कारण समाजमा रुपान्तरणमा महत्वपूर्ण भूमिका हुने उल्लेख गरेका छन। खत्रीले बालबालिकाहरुको शैक्षिक क्षेत्रको योगदानले भोलिको भविष्य उहाँहरुको उज्जवल हुने विश्वास व्यक्त गरेका छन।

खत्रीले   जेहेन्दार विद्यार्थीको रुपमा अघि बढ्न आग्रह समेत गरेका छन।  दुईबर्षअघि बुवाको कोभिडका कारण निधन भएपछि पुनम र गणेश मावलीमा बसेर अध्ययन अध्यापन गर्दै आएका छन् । सहयोग प्राप्त भएपछि हजुरबुवा महताराले यस सहयोगले दुबैजनाको एक बर्षको शैक्षिक क्रियाकलाप अघि बढाउन पुग्ने भएकाले ठुलो सहयोग भएको उल्लेख गरेका छ।

  • ३० बैशाख २०८०, शनिबार प्रकाशित

  • Nabintech