७ बैशाख २०८२, आईतवार

बरिष्ठ पत्रकार खानसहित सात जनालाई अन्तर्राष्ट्रिय सम्मान
  • न्युज मानसराेवर

बाँके\बाँकेका वरिष्ठ पत्रकार तथा गोरखापत्रका नेपालगञ्ज समाचारदाता सिराज खानलाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’ बाट सम्मानित गरिएको छ ।  बाँकेमा एक वृहत् कार्यक्रममा समाचारदाता खानलगायत सात जना विशिष्ट व्यक्तित्वहरूलाई विभिन्न विधामा अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो ।

मुस्लिम जर्नलिस्ट क्लब नेपालले नेपालगञ्जमा बिहीबार आयोजना गरेको ‘मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम’ मा सो सम्मानहरू प्रदान गरिएको मुस्लिम जर्नलिस्ट क्लब नेपालका अध्यक्ष आलम खानले  जानकारी गराएका छन।

क्लबको संयोजनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिकाद्वारा पत्रकार डा. डक्टप्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’, वरिष्ठ समाजसेवी तथा राजनीतिज्ञ मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा सम्मान २०२३’, वरिष्ठ वालरोग विशेषज्ञ डा. सकिल अहमदलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सम्मान २०२३’, पूर्व जनप्रतिनिधि शफिक बेहनालाई ‘अन्तर्राष्ट्रिय जन सेवा सम्मान २०२३’, नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहलाई ‘अन्तर्राष्ट्रिय जन सेवा सम्मान २०२३’ र महेन्द्र मावि मटेहियाका प्रधानाध्यापक तुलसा शाहलाई ‘अन्तर्राष्ट्रिय शिक्षा सेवा सम्मान २०२३’ बाट सम्मानित गरिएको हो ।

  • ५ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech