१५ चैत्र २०८०, बिहीबार

बैजनाथमा अनेरास्ववियुले खोल्यो विद्यालय प्रशासनको ताला
  • रामकृष्ण छिनाल

बैजनाथ\बैजनाथ गाउँपालिका वडा नं.३ स्थित सरस्वती माध्यमिक विद्यालय प्रशासनको ताला खोलिएको छ ।

शिक्षक नियुक्तिमा चरम राजनितिक भएका कारण उक्त सरस्वती माध्यमिक विद्यालयमा शिक्षक नियुक्ति ६ महिना सम्म हुन नसके पछि नेकपा एमाले निकट अनेरास्ववियुले उक्त विद्यालयमा शिक्षक नियुक्तीमा राजनितिक बन्द गर्न तथा तत्काल शिक्षक नियुक्ती गर्न माग गर्दै विद्यालय प्रशासनमा ७ गते ताला लगाएको थियो ।

यही जेष्ठ १३ गते साझ विषयविज्ञ छनोट गर्ने तथा १४ गते ११ बजे देखी परिक्षा लिने गरिएपछि उहाँहरुले ताला खोल्नु भएको हो सरस्वती माध्यमिक विद्यालया प्र.अ कर्णबहादुर विसीले जानकारी गराएका छन।

विद्यालय व्यवस्थापन समितिले तत्काल शिक्षक नियुक्ति गर्ने जस्ता विषयहरुमा सकारात्मक निर्णय पश्चात विद्यालय प्रशासनको ताला खोलिएकोअनेरास्ववियु बैजनाथ कमिटीले जनाएको छ ।

  • ११ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • Nabintech