४ असार २०८२, बुधबार

नेपालगञ्ज–गुलरीया सडक निर्माण द्रुतगतिमा
  • न्युज मानसराेवर

बाँके\ सडक निर्माण गरिँदा सबैभन्दा झन्झटिलो काम रुख विरुवा काट्नेमा हुनेगरेको छ । नेपालगञ्ज–गुलरीया सडक स्तरोन्नतिको काम अघि बढेपछि भने छोटो समयमै सडकको बीचभागमा पर्ने रुखहरु हटाइएको छ । सडकका पोलहरु सारिएका छन् ।

यसैगरी प्रारम्भिक चरणमा माटो पटान, नाली निर्माण र ग्रावेल गर्ने काम समेत द्रुतगतिमा अघि बढेको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका ईञ्जिनियर कृष्ण पाण्डेले नेपालगञ्ज गुलरिया सडक खण्ड विस्तार हालसम्म द्रुतगतिमा निर्माण कार्य अघि बढेको बताए।

गत वर्ष भदौंमा टेण्डर भए पनि मङ्सिरमा सम्पन्न निर्वाचनपछि काम अघि बढेकोमा हालसम्म प्रारम्भिक चरणको काम द्रुत गतिमा अघि बढेको कार्यालयले जनाएको छ । सडक किनारमा रहेका ४१५ रुखहरु हटाइएको छ ।

वन कोषमा करिब ६५ लाख रुपियाँ जम्मा गरेर कटान गरिएका रुखहरु सडक डिभिजन परिसरमा राखिएका छन् ।  ईञ्जिनियर खड्काले भन्नुभयो, ‘रातदिन नभनी सडक निर्माणको काम भइरहेको छ, बजेटमा कमी नहुने हो भने एक वर्षभित्रै काम सम्पन्न गर्ने निर्माण कम्पनीले प्रतिवद्धता जनाएको छ ।’  यसैगरी खजुरा खण्डमा दशैंसम्म कालोपत्रे गर्ने तयारी रहेको खड्काले बताए ।

यो सडकको समयावधी तीन वर्षको छ । तर बजेट अभावमा काम गरेको करिब १५ करोड रुपियाँ निर्माण कम्पनी शर्मा एण्ड कम्पनीलाई भुक्तानी दिन बाँकी रहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जकले जनाएको छ ।

आगामी बजेटको सिलिङ समेत घटेकाले निर्माण कम्पनीले लिएको लक्ष्यअनुसार समयमै काम हुने अवस्था भने नभएको कार्यालयले जनाएको छ । नेपालगञ्ज–गुलरीया करिब ३३ किलोमिटर सडक स्तरोन्नतिका लागि दुई अर्ब ६९ करोडमा शर्मा एण्ड कम्पनीले निर्माणको जिम्मा पाएको थियो ।

  • १२ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech