२० बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको सुनुवाइ आज
  • न्युज मानसराेवर

बाँके\प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा दायर युद्ध अपराधसम्बन्धी रिटमाथि आज (मंगलबार) सुनुवाइ हुँदैछ। पूर्व अयोग्य लडाकु लेलिन बिष्टसहितले दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो।

माओवादीको तत्कालीन सशस्त्र संघर्षमा सहभागी भएका ‘बाल लडाकु’ले आफूहरूको अधिकार हनन भएको भन्दै प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध मुद्दा दायर गरेका हुन्। तत्कालीन माओवादीका दुवै नेताहरूमाथि अभियोजन अघि नबढ्दासम्म प्रधानमन्त्रीबाट प्रचण्डलाई निलम्बन गर्न रिटमा माग गरिएको छ।

सशस्त्र युद्धका बेला प्रचण्ड कमान्डर थिए भने भट्टराई जनसरकार (समानान्तर सरकार) प्रमुख थिए। बहिर्गमन जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन बिष्टसहित ९ जनाले दायर गरेको रिट रिट निवेदनमा प्रचण्ड र भट्टराईविरुद्ध बालबालिकालाई युद्धमा प्रयोग गरेको आरोप लगाइएको छ।

निवेदनमा अबोध बालकलाई बन्दुक बोकाएको, जासुसी गर्न लगाएको, अग्रमोर्चामा खटाइएको, युद्धको सरसामान ढुवानी गर्न लगाइएको उल्लेख छ। निवेदनमा भनिएको छ, ‘हरहिसाबले जिउज्यानको खतराको सामु राख्नु अन्तर्राष्ट्रिय कानुनअनुसारको युद्ध अपराध हो।’

  • ३० जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech