५ बैशाख २०८२, शुक्रबार

१ घर जल्यो राप्तिसोनारीमा

साढे २ लाखको क्षति

  • न्युज मानसराेवर

बाँके \बाँकेको राप्तिसोनारीमा आगलागी भएको छ ।

राप्तिसोनारी गाउँपालिका वडा नम्बर ६ गोडियानपुर बस्ने शन्तोष परियारको १ तले २ कोठे काठले बनेको जलि खरले छाएको कच्चि घर, गोठमा आगलागी भएको हो । आगलागी राती करिब १स्४० बजे भएको थियो ।

उक्त आगलागी बाट घर भित्रका सम्पुर्ण मालसामान र ६ जिउ बाख्रा जलि मृत्यु भएको छ भने मानविय क्षति नभएको प्रहरी सहायक निरीक्षक फत्ते बहादुरले जानकारी दिए । उनले भने करिब अन्दाजी २ लाख पचास हजार बराबरको क्षति भएको छ ।

प्रहरी र स्थानियको सहयोगमा उक्त आगलागी २स्१५ बजेको समयमा पुर्णरुपमा नियन्त्रणमा आएको सहायक निरीक्षक बहादुरले बताए ।

  • ३० जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech