४ जेष्ठ २०८१, शुक्रबार

कोहलपुर नगरले प्रकाशन गर्यो भिजन कम्पीटिसनको नतिजा
  • न्युज मानसराेवर

कोहलपुर \ कोहलपुर नगरपालिकाले भिजन कम्पीटिसनको नजिता प्रकाशन गरेको छ । नगरपालिकाले असार ३ गते प्रस्तावहरुको विषयबस्तुका बारेमा प्रस्तुतिकरणको एकमुष्ठ मुल्यांकनको आधारमा प्रथम, द्वितीय, तृतीयको नतिजा प्रकाशन  गरेको हो।

प्रथममा भद्र बहादुर थापा र हरी प्रसाद सुवेदी प्रथम, टेकेन्द्रकुमार महतरा र यमलाल ढकाल द्वितीय, कर्ण बहादुर थापा तृतीय भएका छन् ।

मुल्यांकन समितिले नम्बरिङ्ग स्टिमबाट नतिजा निकाल्दा नम्बर एउटै परेपछि दुई वटा प्रथम र दुई द्वितीय भएको कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले उल्लेख गरेका छन।  नगरपालिकाले चालू आर्थिक वर्ष ०७९/८० को कार्यक्रमअन्तर्गत कोहलपुरको समग्र विकासलाई समेट्ने गरी विज्ञसमूह तथा व्यक्तिलाई ‘भिजन कम्पिटिसन’ मा खुला प्रस्ताव आह्वान गरिएको थियो ।

  • ४ असार २०८०, सोमबार प्रकाशित

  • Nabintech