८ मंसिर २०८१, शनिबार

रंगशालाको निर्माणको काम अन्तिम चरणमा पुग्यो
  • न्युज मानसराेवर

बाँके\ नरैनापुर गाउँपालिकामा रंगशालाको निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।नरैनापुर गाउँपालिका वडा नम्बर ४ स्थित दौलतपुरको खोदवामा उक्त रंगशालाको निर्माण एक वर्ष अघिदेखी सुरु भएको थियो । रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ ।

एक पालिका, एक रंगशाला अन्तरगत नरैनापुरमा रंगशाला निर्माणको काम सुरु गरिएको थियो । रंगशाला निर्माणका लागि नरैनापुर गाउँपालिका कार्यालयसँग निर्माण कम्पनी पिएस निर्माण सेवाले २०७९ जेठ १३ गते सम्झौता गरेको थियो ।

मुल्य अभिबृद्धि कर ९भ्याट० बाहेक ३ करोड ५२ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको हो । रंगशाला निर्माणका लागि संघीय सरकारले १ करोड ८० लाख र गाउँपालिकाले वित्तीय समानिकरण अन्तरगतको बजेट विनियोजन गरेको थियो । कुल ३ विघा क्षेत्रफलमा फैलिएको रंगशालामा पर्खाल, पोडियम, ८ मिटर चौडाईमा ट्रयाक, प्रवेशद्धार,शौचालय लगायतका संरचना निर्माण गरिएको बताइएको छ ।

निर्माण ब्यवसायीका आधिकारिक प्रतिनिधि प्रेम डाँगीले निर्माणको काम अन्तिम चरणमा पुगेर पनि सम्पन्न गर्ने तयारीमा रहेको बताए । ‘काम लगभग सम्पन्न हुने चरणमा छ, हाम्रो तर्फबाट जतिसक्दो राम्रो र गुणस्तरिय काम भएको छ,’ उनले भने ।

निर्माणाधिन रंगशालाको स्थलगत निरीक्षण गर्दै लुम्बिनी प्रदेशका सांसद एवम् पुर्वमन्त्री कृष्णा केसी नमुनाले नरैनापुर गाउँपालिका कार्यालय, समयमै काम सम्पन्न गर्ने निर्माण ब्यवसायी, स्थानीयबासी, कर्मचारी लगायत सबैलाई धन्यवाद दिएकी छन् । रगंशाला निर्माण भएसँगै भलिबल, फुटबल, क्रिकेट लगायतका खेलसँगै खेलकुदका गतिविधि सञ्चालन लगायतका गतिविधि सञ्चालन गर्न सहज हुने उनको विश्वास छ ।

यस्तै नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको र केही काम मात्रै बाँकी रहेको बताए । रंगशाला निर्माण कार्यमा खटिने र पहल गर्ने सबैलाई धन्यवाद दिएका छन् । रंगशाला निर्माण भएपछि नरैनापुरमा खेलकुदका गतिविधि सञ्चालन गर्न सहज हुने उनको विश्वास छ ।

  • १६ असार २०८०, शनिबार प्रकाशित

  • Nabintech