६ जेष्ठ २०८१, आईतवार

जुलाईमा भित्रिए साढे ५७ हजार पर्यटक
  • न्युज मानसराेवर

बाँके\अंग्रेजी महिना जुलाईमा नेपाल घुमफिरमा आउने पर्यटकको संख्या ५७ हजार ७२६ रहेको नेपाल पर्यटन बोर्डले तथ्यांक सार्वजनिक गरेको छ।

बोर्डले हवाई मार्गबाट आउने पर्यटकको संख्या सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा नेपाल घुम्न आउने पर्यटक संख्या झन्डै १४ हजारले बढेको जनाएको हो। जुलाईमा नेपाल घुम्न आउने सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्।

२१ हजार ३५७ भारतीय पर्यटक नेपाल भ्रमणमा आएका हुन्। त्यसपछि नेपाल भ्रमणमा आउने दोस्रो मुलुकमा चिनियाँ पर्यटक रहेका छन्। जुलाईमा ५ हजार ६९३ चिनियाँले नेपाल भ्रमण गरेका हुन्। तेस्रोमा अमेरिकाबाट ५ हजार ५६१ पर्यटक नेपाल आएका छन्।

बेलायत, दक्षिण कोरिया, मलेसिया, स्पेन, फ्रान्स, अस्ट्रेलियालगायत देशबाट पनि पर्यटक नेपाल आएका छन्। बेलायतबाट ३ हजार ६३०, दक्षिण कोरियाबाट १ हजार ३७५, अस्ट्रेलियाबाट १ हजार १०२, रसियाबाट ३६१ र युक्रेनबाट ८७ पर्यटक नेपाल भ्रमणमा आएका छन्।

  • १६ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech