बाँके\नेकपा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले नविकरण रोेकेका संगठित सदस्यहरुको नविकरण कायम भएको छ ।
नेकपा एमाले लुम्विनी प्रदेश कमिटीको बिहिवार बसेको बैठकले बाँकेको बैजनाथ गाउँपालिका कमिटीका एकहजार बढि संगठित सदस्यसहित जिल्लाभरका एकहजार सातसय बढि संगठित सदस्यहरुको नविकरण कायम भएको प्रदेश कमिटी सदस्य घननाथ खनालले जानकारी गराएका छन।
पार्टीको केन्द्रीय कमिटी र प्रदेश कमिटीले दिएको समयभित्रै बुझाएको भएपनि अध्यक्ष कक्षपतिले नमानेपछि पार्टीको बैजनाथ गाउँपालिका कमिटीले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेको थियो ।
पार्टी केन्द्रीय सदस्य सुर्य ढकाल सहितका बाँकेबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुले पार्टी संगठित सदस्यता कायम हुने भन्दै लिखित जिम्मेवारी लिएपछि तालाबन्दी खुलेको थियो । केन्द्रीय सदस्य ढकालले संगठित सदस्यहरुको नविकरण गराउन नसके राजिनामा दिने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।