६ जेष्ठ २०८१, आईतवार

नेपाल १०४ रनमा अलआउट
  • न्युज मानसराेवर

बाँके\जारी एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानसँग नेपाल १०४ रनमा अलआउट भएको छ। पाकिस्तानले ३४३ रनको लक्ष्य दिएको भए पनि नेपाल भने २३ ओभर ४ बलमा १०४ रन बनाउँदै अलआउट भएको हो।

एसिया कप क्रिकेटको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले २३८ रनले विजयी भएको छ। पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको हो।

नेपालका लागि सोमपाल कामीले २८, आरिफ शेखले २६, गु्ल्सन झाले १३, कुशल भुर्तेलले ८, सन्दीप लामिछानेले ७, कुशल मल्लले ६ र आसिफ शेखले ५ रन बनाएका हुन् ।

पाकिस्तानका लागि बाबर आजमले शतकीय पारी खेले। उनले १३१ बल खेलेका बाबरले १४ चौका र ४ छक्काको सहयोगमा १५१ रन बनाए।

त्यस्तै इस्तफिकरले १०९ रनको शतकीय पारी खेले। ७१ बल खेलेका उनले ११ चौका र ४ छक्का प्रहार गरे। पकिस्तानका मोहमद रिजवानले ४४ रन बनाउँदा फकर जमानले १४ रनको योगदान गरे।

  • १३ भाद्र २०८०, बुधबार प्रकाशित

  • Nabintech