५ बैशाख २०८२, शुक्रबार

बड्का अट्वारीमा बाँके सहित तीन जिल्लामा सार्वजनिक बिदा
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बड्का अट्वारीको अवसरमा दाङसहित बाँके र बर्दियामा सार्वजनिक बिदा दिने भएको छ । भदौ ३१ गते पर्ने अट्वारीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

थारू समुदायले अट्वारीलाई विशेष पर्वका रूपमा मनाउने गरेको छ । थारू बाहुल्य भएका यी तीन जिल्लामा प्रदेश सरकारले उक्त बिदा दिएको हो । चैत १७ को निर्णयअनुसार बिदा दिइएको अधिकृत माधव शर्माले सूचना जारी गरी जानकारी दिए ।

  • २८ भाद्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech