बाँके\सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत एक वर्ष पालिकामा बस्नुपर्ने मापदण्ड निर्माण गर्ने भएको छ । सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउने कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन खटाएको कार्यालयमा एक वर्षसम्म बस्नुपर्ने गरी नयाँ मापदण्ड निर्माण गर्न लागेको हो ।
अहिले सुगम स्थानीय तहमा कर्मचारी सरुवा भई जान शक्ति केन्द्र धाउने र दुर्गम स्थानीय तहमा कर्मचारी जान नमान्दा दुर्गम स्थानीय तहमा सेवा प्रवाह नै ठप्प हुने स्थिति हुन थालेपछि सरकारले स्थानीय तहमा एक वर्ष बस्नैपर्ने गरी नयाँ मापदण्ड निर्माण गर्न लागेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रशासन शाखाका उपसचिव भोजराज घिमिरेले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई एक वर्षसम्म खटाएको स्थानीय तहमा बस्नुपर्ने गरी छुट्टै मापदण्ड बनाउने प्रक्रिया अगाडि बढाएको जानकारी दिएका छन।