३ आश्विन २०८१, बिहीबार

इन्रुडेक बाँकेले मनायो बर्दियामा बिश्व बाल दिबस २०२३
  • न्युज मानसराेवर

बर्दिया\बातावरण तथा ग्रामिण विकास केन्द्र(इन्रुडेक)  बाँकेले बर्दिया जिल्ला मधुवन नगरपालिकाको सानोश्री स्वास्थ्य चौकीमा विविध कार्यक्रम गरि बिश्व बाल दिबस २०२३ मनाएको छ ।

‘प्रत्येक अधिकार, हरेक बालबालिकाका लागी’ भन्ने मुल नाराका साथ नेपालभर विश्व बालबालिका दिवस २०२३ मनाईएको हो । मधुवन नगरपालिकामा विश्व बालबालिका दिवसको अवसरमा प्रभात फेरी कार्यक्रमको आयोजना गरीएको हो ।

सचेतनामुलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रम गरीएइको इन्रुडेक बाँकेले जनाएको छ ।

प्रभातफेरी कार्यक्रममा विभिन्न बाल अधिकार सम्बन्धि नाराहरु लेखीएका प्लेकार्डहरु सहित र्याली समेत गरिएको थियो ।

जापान सरकार परराष्ट्र मन्त्रालयको आर्थिक सहयोग तथा आड्रा नेपालको प्राबिधिक सहयोगमा वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) बाँके द्धारा बर्दिया जिल्लामा कार्यान्वयन भईरहेको स्वास्थ्य सबलीकरण परियोजना अन्र्तगत विश्व बालबालिका दिवसमा प्रभातफेरि कार्यक्रम आयोजना गरिएको परियोजना संयोजक तर्क बहादुर थापाले जानकारी गराएका छन।

त्यसै गरी  कोण सभा समारोहको आयोजना समेत गरिएको थियो । उक्त कोण सभा समारोह कार्यक्रमको अध्यक्षता नगरपालिका प्रमुख तेज बहादुर भाटले गरेका थिए । कोण सभा समारोहमा  मधुवन नगरपालिकाका वडा न–६ का अध्यक्ष चन्द्र सिंह गुरुङ, स्वास्थ्य शाखा प्रमुख गिता घिमिरे, गुँरास बिद्यालयका प्र.अ केशव पौडेल, अरनिको ईङ्गिस स्कुलका  प्र.अ.भरत महतरा स्वास्थ्य चौकी प्रमुख गोविन्द राज गिरी  बातावरण तथा ग्रामिण विकास केन्द्र(इन्रुडेक) बाँकेका अध्यक्ष धर्मलाल रोकायाले बाल अधिकार सम्बन्धित धारणा राखेका थिए ।

  • ४ मंसिर २०८०, सोमबार प्रकाशित

  • Nabintech