बाँके \एक वर्षमा १६ लाखभन्दा धेरै नेपाली बिदेसिएका छन्। अध्यागमन विभागका अनुसार वैदेशिक रोजगारीसहित विभिन्न प्रयोजनका लागि सन् २०२३ मा १६ लाख ३ हजार ८३६ जना बिदेसिएका हुन्। जसमा महिलाको सङ्ख्या ४ लाख ३२ हजार ५८४ जना रहेको छ भने पुरुषको सङ्ख्या ११ लाख ७१ हजार १८६ जना रहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीका लागि ७ लाख २३ हजार ७८९ जना पुरुष र ८४ हजार ६०४ जना महिला गरी कुल ८ लाख ८ हजार ४१५ जना गएका छन्।त्यसपछि दोस्रो नम्बरमा पर्यटक भिसामा २ लाख ४ हजार ५१८ जना विदेशसिएका छन्। जसमा पुरुष १ लाख ३० हजार ९२६ र महिला ७३ हजार ५७५ जना रहेका छन् भने पारिवारिक प्रयोजनका लागि १ लाख ६७ हजार ४८५ जना बिदेसिएका छन्। जसमा पुरुष ७० हजार ८०८ र महिला ९६ हजार ६७३ जना रहेका छन्।
यस्तै कन्फ्रेन्स, सेमिनार र तालिममा २४ हजार २६३ जना, डिपेन्डेन्टमा २० हजार ६१३ जना र उपचारमा समेत १९ हजार जना भन्दा बढी बाहिरिएका छन्। विभागका अनुसार उपचारका लागि पुरुष १० हजार ६९५ जना र महिला ८ हजार ८०९ जना गरी कुल १९ हजार ५०९ जना विभिन्न देशमा उपचारका लागि गएका हुन्।
यसैगरी व्यापारका लागि १८ हजार ९६४, अफिसियल भिजिटका लागि १६ हजार १११, वैदेशिक रोजगारीकै लागि तर वर्क पर्मिट लिन नपर्नेहरू पनि ८ हजार ८६ जना त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको विभागको तथ्यांकमा उल्लेख छ। युएन मिसनमा ६ हजार ५८, खेलकुद गतिविधिमा ३ हजार ६५३, कन्सर्ट तथा कार्यक्रममा ३ हजार ६५३ र अन्य ३२ हजार भन्दा धेरै बिदेसिएका छन्।
त्रिभुवन विमानस्थल हुँदै सबैभन्दा धेरै सन् २०२३ मा संयुक्त अरब इमिरेट्स (यूएई)मा २ लाख ७१ हजार ०८८ जना गएका छन्। त्यसपछि भारतमा १ लाख ८० हजार ६०२, कतारमा १ लाख ७९ हजार ४४१, मलेसियामा १ लाख ६५ हजार २०१, साउदी अरेबियामा १ लाख ३६ हजार २०३ जना गएका छन्।
यस्तै छैटौं नम्बरमा अस्ट्रेलियामा सबैभन्दा धेरै नेपाली गएका छन्। अस्ट्रेलियामा एक वर्षको अवधिमा १ लाख ५ हजार ३४३ जना नेपाली गएका हुन्। यस्तै जापान, अमेरिका, युके र कुवेतमा क्रमशः सातौं, आठौं, नवौं र दशौं शीर्ष स्थानमा नेपालीको गन्तव्य देखिएको छ।











