९ जेष्ठ २०८३, शनिबार

६ प्रदेशको निमावि शिक्षकको नतिजा प्रकाशित
  • न्युज मानसराेवर

बाँके\ शिक्षक सेवा आयोगले निम्‍न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको ६ वटा प्रदेशको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ। आयोगले कोशी, बागमती, कर्णाली, सुदूरपश्‍चिम, मधेश र लुम्बिनी प्रदेशको नतिजा सार्वजनिक गरेको हो।

कोशीको नेपाली, अंग्रेजी र गणित, बागमतीको नेपाली, अंग्रेजी, गणित, सामाजिक, कर्मकाण्ड, गण्डकीको नेपाली र संस्कृत व्याकरण, कर्णालीको अंग्रेजी, गणित, विज्ञान, सामाजिक र गणित–विज्ञान विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरिएको छ।

आयोगले सुदूरपश्‍चिमको, नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक र गणित–विज्ञान, मधेश प्रदेशको, नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित–विज्ञान र संस्कृत व्याकरण र लुम्बिनीको, नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित–विज्ञान र संस्कृत व्याकरण विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ।

गत पुस २२ र २३ गते लिइएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ। अन्तर्वार्तामा सफल उम्मेदवारले आफ्नो प्राप्तांक हेर्न चाहेमा नतिजा प्रकाशन भएको मितिले हप्ता दिनभित्र आयोगको वेबसाइटमा गएर हेर्न सक्नेछन्।

 

 

  • २ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech