१३ बैशाख २०८२, शनिबार

प्रथम बैजनाथ महाेत्सवकाे तयारी तीव्र
  • न्युज मानसराेवर

बैजनाथ \बैजनाथ- ५ कोहलपुर न्यु सिटी (भाईरल रोड) मा हुन गइरहेकाे प्रथम बैजनाथ महाेत्वकाे तयारी तीव्र रूपमा भईरहेकाे छ ।

माघ १० गतेदेखि सुरू हुने महाेत्सवकाे तीव्र गतिमा तयारी भईरहेकाे हाे ।

प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, ब्यापार एवं पर्यटन महोत्सवकाे सञ्चालन पुर्वका तयारी भइरहेकाे आयाेजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथले जनाएकाे छ ।

प्रचार प्रसार समितिका संयाेजक सुमन विश्वकर्माले अहिले स्टल निर्माण,मुख्य गेट निर्णाणसहित अन्य विभिन्न संरचना निर्माणकाे काम भइरहेकाे छ । उनले महाेत्सवकाे आधा भन्दा बढी तयारी भइसकेकाे जानकारी गराएका छन।

महाेत्सवमा मुख्य आकर्षणका रूपमा बाघ,हात्ती, बुद्वकाे मूर्ति,थारू गाउँ रहने उनले बताएका छन् ।  `महाेत्सवमा ११ वटा मुख्य आकर्षणहरु रहेका छन् । दुई लाख दशर्शक भित्र्याउने लक्ष्य छ । स्थानीय पर्यटकीय स्थलकाे प्रवर्द्धन गरिनेछ,´उनले भने । महाेत्सव माघ १० गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ ।

  • ७ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech