९ बैशाख २०८२, मंगलवार

शहरी विकास मन्त्री कृष्णा केसी (नमुना) बाट गरिने
  • न्युज मानसराेवर

बैजनाथ \बैजनाथ गाउँपालिकामा भोली बाट शुरु हुन गइरहेको प्रथम बैजनाथ महोत्सवको  तयारी पुरा गरिएको छ ।

आज पत्रकार सम्मेलन मार्फत महोत्वको तयारी पुरा भएको प्रचार प्रसार समितिका संयाेजक सुमन विश्वकर्माले जानकारी गराएका छन।

त्यसै गरी आयोजकले महोत्वको उद्घाटन लुम्बिनी प्रदेश शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले भएकी छिन।  ‘प्रदेश उद्योग मन्त्री रोज राणाको व्यस्तका कारण उहाँ आउन सक्नु भएन त्यसैले शहरी विकास मन्त्री ज्यूको प्रमुख अथितिमा महोत्सवको उदेघाटन गर्ने भएका छौँ। विश्वकर्माले कार्यक्रममा भने ।’

स्थानीय स्तरका पर्यावरण तथा पर्यटन विकासका निम्ति उक्त महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने  विश्वास लिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको पालिका स्तरमा भवन निमार्ण गर्ने लक्ष्य लिएका छौँ ।घरेलु तथा साना उद्योग महासंघ बैजनाथका अध्यक्ष दुर्गा बहादुर घिमिरेले पत्रकार सम्मेलनमा बताए । उनले महोत्वसको खर्च सबै कटाएर बाँकी हुन आउने रकम १० प्रतिशित विपन्न र २० प्रतिशित उद्योगीहरु लाई सहयोग गर्ने  बताए ।

घिमिरेले  बाँकी बच्ने रकमले बैजनाथ गाउँपालिका स्तरी महासंघको भवन निमार्ण गर्ने उदेश्य लिएका छौँ’ सबैको साथ सहयोगको अपेक्षा गरेका छौँ घिमिरेले भनेका छन।  उक्त पत्रकार सम्मेलनमा नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय पदाधिकारी जिल्ला पदाधिकारी तथा पालिका स्तरका पदाधिकारीको सहभागिता रहेको थियो । महाेत्सव माघ १० भोली देखी  २१ गतेसम्म सञ्चालन हुनेछ ।

  • ९ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech