२१ असार २०८२, शनिबार

बाँकेमा ७ हजार घुससहित सहायक वन अधिकृत पक्राउ
  • न्युज मानसराेवर

बाँके\ सव–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्दे ७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीका  आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिको टोलीले पार्देलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा  पक्राउ गरेको हो ।

उनलाई अख्तियारको टोलीले बिहीबार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ बाट नियन्त्रणमा लिएको हो ।

यस्तै उनको साथबाट श्रोत नखुलेको पैतालीस हजार नौ सय पचहत्तर रुपैयाँसमेत फेला पारेर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

  • १२ माघ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech