९ जेष्ठ २०८३, शनिबार

इलाका प्रहरी कार्यालय कोहलपुरमा नागरिक मैत्री सहायता कक्ष उद्घाटन
  • न्युज मानसराेवर

कोहलपुर \इलाका प्रहरी कार्यालय कोहलपुरमा नागरिक मैत्री सहायता कक्ष उद्घाटन गरिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुर परिसरमा निर्मित नागरिक सहायता कक्ष र महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको भवन उद्घाटन गरिएको हो ।

आइतबार एक कार्यक्रमका बीच नागरिक सहायता कक्ष र महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको भवन उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले औपचारिक समारोहका बीच भवन उद्घाटन गरे ।

भवन उद्घाटनसँगै सेवा प्रवाहसमेत सुचारू भएको छ । उक्त भवनमा नागरिक सहायता कक्ष छ ।  दर्ता चलानी राखिएको छ । सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीको कक्ष रहेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र रहेको छ । बालमैत्री कक्ष, स्तनपान कक्ष र मनोपरामर्श कक्ष रहेको छ । भवन निर्माणका लागि कोहलपुर नगर विकास समिति आथर्थिक सहयोग गरेको छ ।

नगर विकास समितिको २०८० भाद्र १८ गते बसेको बैठकले इलाका प्रहरी कार्यालय कोहलपुरलाई भवन निर्माणका लागि सहयोग गनर्ने निणर्णय गरेको थियो । भवन कुल २२ लाख ६२ हजार ५०८ रूपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो ।

त्यो मध्ये १९ लाख ६२ हजार ५ सय ८ रूपैयाँ खर्च भएको छ भने ३ लाख बराबरको जनश्रमदान रहेको छ ।फर्निसिङको कुल लागत ५ लाख ८ हजार रहेको छ । उक्त भवन कोहलपुर नगरपालिका वडा नम्बर ११ को कायर्यालय अन्तर्गत भवन निर्माण उपभोक्ता समिति गठन भइ निमर्माण सम्पन्न भएको हो ।यसैगरी कार्यालयलाई सेवाग्राही मैत्री वातावरण र कार्यालय सौन्दर्यकरणका लागि विभिन्न स्थानीय तह तथा संघ संस्थाले सहयोग गरेको कार्यालयले जनाएको छ ।

कार्यालयमा निर्माण गरिएको पेरिमिटर निमर्माणका लागि राप्ती सोनारी गाउँपालिकाले सहयोग गरेको हो । पिउने पानी फिल्टर,डिस्पेन्सर र धारा निर्माण जानकी गाउँपालिका,जय भवानी निर्माण सेवा र कोहलपुर बृहत् शहरी खानेपानी उपभोक्ता संस्थाको सहयोगमा गरिएको हो ।

यसैगरी बालमैत्री वातावरण निर्माणका लागि गोरखा युनाईटेड पब्लिक स्कुल र शिक्षक महासंघ बाँकेले गरेका हुन् भने झरना निर्माण गाभर भ्याली सामुदायिक होमस्टे र मित्थु चौधरीको सहयोगमा निर्माण गरिएको हो । कायार्यालयको सौन्दयर्यीकरणका लागि बाँके राष्ट्रिय निकुञ्ज, अजर्जुनवाण गण र उद्योग वाणिज्य संघ कोहलपुर रहेका छन् । विपद् व्यवस्थापन सामग्री बैजनाथ गाउँपालिकाले सहयोग गरेको हो ।

  • १४ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech